ट्राइ नेसन टी२०आई सिरिज : नेपालसँगको दुई हारको बदला लिने दाउमा मलेसिया

हेड–टु–हेडमा नेपाल अगाडी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
४ वर्षअघि
ट्राइ नेसन टी२०आई

ट्राइ नेसन टी२०आई सिरिज अन्तर्गत आज नेपाल र मलेसिया आमनेसामने हुँदैछन् ।

घरेलु टोली नेपालले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मलेसियाको सामना गर्दैछ ।

खेल दिउँसो १२ः३० बजे सुरू हुनेछ । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सम्मिलित ट्राइ नेसन टी२०आई सिरिज अन्तर्गतको यो तेस्रो खेल हो ।

यसअघि नेपाल र मलेसिया दुवैले आ-आफ्नो पहिलो खेलमा पिएनजीको सामना गरिसकेका छन् ।

सिरिजको पहिलो खेल पिएनजीविरुद्ध खेलेको नेपालले १५ रनको जित दर्ता गरेको थियो ।

यस्तै मार्च २९ (हिजो) सम्पन्न सिरिजको दोस्रो खेलमा मलेसियाले पिएनजीविरुद्ध आठ रनको रोमाञ्चक जित निकालेको थियो ।

बलियो मानिएको पिएनजीलाई हराएको मलेसिया सोही आत्मविश्वासलाई कायम राख्दै घरेलु भूमिममा नेपाललाई हराउन चाहन्छ ।

तर सुधारिएको ब्याटिङ गरिरहेको नेपाली टोली बलिङमा देखिएको समस्या हल गर्दै सिरिजमा आफ्नो कब्जा जमाउन चाहन्छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने सिरिजमा सहभागी तीनै टोलीले चार-चार खेल खेल्ने छन् । लिगको अन्त्यमा शीर्ष दुईमा पर्ने टोलीबीच फाइनलमा उपाधिका लागि भिड्न्त हुनेछ ।

आज मलेसियाविरुद्ध खेल्ने नेपालले भोलि (३१ मार्च) पिएनजीविरुद्ध खेल्नेछ । नेपालले सिरिजको अन्तिम खेल मलेसियाविरुद्ध २ अप्रिलमा खेल्दैछ ।

हेड-टु-हेड

नेपाल र मलेसियाबीचका पछिल्ला पाँच खेलका नतिजा हेर्ने हो भने नेपाल हाबी देखिन्छ ।

पछिल्ला पाँचमध्ये चार खेल आफ्नो पक्षमा पारेको नेपाल सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

मलेसियाले पछिल्लो पटक नेपाललाई फेब्रुअरीमा भएको एसिसी इस्टर्न रिजन टी२० को दोस्रो खेलमा २२ रनको जित दर्ता गरेको थियो ।

त्यसयता नेपाल र मलेसिया दुई पटक आमनेसामने भएपनि मलेसिया विजयी हुन सकेको छैन । नेपालमा २०२१ अप्रिलमा आयोजित ट्राई नेसन सिरिजमा भएको दुवै भेटमा मलेसिया पराजित भएको थियो ।

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, ०८:४२:३८
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०