ट्राइ नेसन टी२०आई सिरिज : नेपालसँगको दुई हारको बदला लिने दाउमा मलेसिया

हेड–टु–हेडमा नेपाल अगाडी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
२ वर्षअघि
ट्राइ नेसन टी२०आई

ट्राइ नेसन टी२०आई सिरिज अन्तर्गत आज नेपाल र मलेसिया आमनेसामने हुँदैछन् ।

घरेलु टोली नेपालले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मलेसियाको सामना गर्दैछ ।

खेल दिउँसो १२ः३० बजे सुरू हुनेछ । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सम्मिलित ट्राइ नेसन टी२०आई सिरिज अन्तर्गतको यो तेस्रो खेल हो ।

यसअघि नेपाल र मलेसिया दुवैले आ-आफ्नो पहिलो खेलमा पिएनजीको सामना गरिसकेका छन् ।

सिरिजको पहिलो खेल पिएनजीविरुद्ध खेलेको नेपालले १५ रनको जित दर्ता गरेको थियो ।

यस्तै मार्च २९ (हिजो) सम्पन्न सिरिजको दोस्रो खेलमा मलेसियाले पिएनजीविरुद्ध आठ रनको रोमाञ्चक जित निकालेको थियो ।

बलियो मानिएको पिएनजीलाई हराएको मलेसिया सोही आत्मविश्वासलाई कायम राख्दै घरेलु भूमिममा नेपाललाई हराउन चाहन्छ ।

तर सुधारिएको ब्याटिङ गरिरहेको नेपाली टोली बलिङमा देखिएको समस्या हल गर्दै सिरिजमा आफ्नो कब्जा जमाउन चाहन्छ ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने सिरिजमा सहभागी तीनै टोलीले चार-चार खेल खेल्ने छन् । लिगको अन्त्यमा शीर्ष दुईमा पर्ने टोलीबीच फाइनलमा उपाधिका लागि भिड्न्त हुनेछ ।

आज मलेसियाविरुद्ध खेल्ने नेपालले भोलि (३१ मार्च) पिएनजीविरुद्ध खेल्नेछ । नेपालले सिरिजको अन्तिम खेल मलेसियाविरुद्ध २ अप्रिलमा खेल्दैछ ।

हेड-टु-हेड

नेपाल र मलेसियाबीचका पछिल्ला पाँच खेलका नतिजा हेर्ने हो भने नेपाल हाबी देखिन्छ ।

पछिल्ला पाँचमध्ये चार खेल आफ्नो पक्षमा पारेको नेपाल सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

मलेसियाले पछिल्लो पटक नेपाललाई फेब्रुअरीमा भएको एसिसी इस्टर्न रिजन टी२० को दोस्रो खेलमा २२ रनको जित दर्ता गरेको थियो ।

त्यसयता नेपाल र मलेसिया दुई पटक आमनेसामने भएपनि मलेसिया विजयी हुन सकेको छैन । नेपालमा २०२१ अप्रिलमा आयोजित ट्राई नेसन सिरिजमा भएको दुवै भेटमा मलेसिया पराजित भएको थियो ।

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, ०८:४२:३८
विराटनगरमा तीव्र गतिको सिटी दुर्घटना, १८ वर्षीय चालक गम्भीर घाइते
आईतबार ६ जेठ, २०८१
विश्वकपको तयारीमा जुटे सन्दीप
आईतबार ६ जेठ, २०८१
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०