पिएनजीविरूद्ध नेपाल : नेपालले दर्ता गर्याे १५ रनकाे जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
नेपाल फाइनलमा

पिएनजीविरुद्ध घरेलु राष्ट्र नेपालले १५ रनको जित दर्ता गरेको छ ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित ट्राई नेसन टी२०आई सिरिजको पहिलो खेलमा नेपालले पिएनजीविरुद्ध जित निकालेको हो ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले तीन विकेट लिए ।

केसी र लामिछानेबाहेक अविनाश बोहराले दुई विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

पिएनजीका नोरमान भानुआले अर्धशतकसहित सर्वाधिक ५२ रन बनाए ।

त्यसबोहक सेसे बाउले ३०, चाल्र्स अमिनीले २२ र लिगा सियाकाले २१ रनको योगदान दिए ।

करण केसीले नेपाललाई सुुरुवाती विकेट दिलाए ।

केसीले टोनी उरालाई लोकेश बममार्फत दोस्रो ओभरको दोस्रो बलमा क्याच गराए । पेभिलियन फर्कनुअघि उराले पाँच रन बनाएका थिए ।

नेपाललाई दोस्रो सफलता सोमपाल कामीले तेस्रो ओभरको अन्तिम बलमा दिलाए ,। कामीले आक्रमक ब्याटिङ गरिरहेका लेगा सियाकालाई आरिफ शेखमार्फत क्याच गराए ।

क्रिज छाड्नुुअघि १० बलको सामना गरेका सियाकाले तीन चौका र एक छक्काको मद्दतमा २१ रन जोडेका थिए ।

छैटौं ओभरको तेस्रो बलमा अविनाश बोहराले नेपाललाई तेस्रो सफलता दिलाए । उनले चाल्र्स अमिनीलाई २२ रनमा क्रिज छाड्न बाध्य बनाए ।

पेभिलियन फर्किनुुअघि विष्फोटक ब्याटिङ गरेका उनले १० बलमा तीन चौका र एक छक्काको मद्दतमा २२ रन जोडेका थिए ।

आठौं ओभरमा बलिङ गर्न आएका आरिफ शेख महङ्गो साबित भए । बाउ र भालाले शेखको ६ बलमा १८ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्याएका थिए ।

तर लगत्तै आफ्नो स्पिन लिएर आएका नेपालका कप्तान सन्दिप लामिछानेको स्पिनको धरापमा पर्दै पिएनजीका कप्तान भाला क्रिज छाड्न बाध्य भए ।

सन्दिपको बलिङमा भाला करण केसीमार्फत क्याच आउट भए । सात रन मात्र बनाए पनि भालाले स्ट्राइक रोटेटमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

११औं ओभरमा कप्तान लामिछानेले सेसे बाउलाई पेभिलियन जान बाध्य बनाउँदै खेललाई नियन्त्रण गर्ने प्रयास गरे ।

२४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन बनाएर खेलिरहेका बाउलाई लामिछानेले एलबीडब्ल्यू धरापमा पार्दै क्रिजबाट बिदा गरे ।

पिएनजीका छैटौं विकेटका रुपमा रेइले हिकुरेले क्रिज छाडे । १२औं ओभरको तेस्रो बलमा उनलाई अविनाश बेहराले सोमपाल कामीमार्फत क्याच गराए ।

१३औ ओभरमा जोसन किलालाई एलबीडब्ल्यूको शिकार बनाएउँदै लामिछानेले नेपाललाई सातौं सफलता दिलाए ।
किला शुन्य रनमा पेभिलियन फर्कदा पिएनजीले सात विकेट गुमाएर एक सय रन बनाएर नेपालले प्रस्तुत गरेको एक सय ४ रन पछ्याइरहेको थियो ।

नेपालका लागि १६औं सर्वाधिक महङ्गो रह्यो । तीव्र गतिका बलर करण केसीको स्पेलमा पिएनजीले १९ रन बनाउँदै खेलमा फर्कन सङ्केत गरेको थियो ।

त्यसबाहेक नेपालको आठौं र पाँचौँ ओभर महङ्गो साबित भएको थियो । आरिफ शेखको आठौँ ओभरमा १८ र कामीको पाँचौं ओभरमा पिएनजीले १६ रन बनाएको थियो ।

१९औं ओभरमा नेपालले नाटकीय रुपमा दुई विकेट लियो ।

पाँच चौका र चार छक्काको मद्दतमा ५२ रन बनाएर आक्रमक पारी खेलेका भानुआलाई १९औं ओभरको पाँचौ बलमा करण केसीले एलबीडब्ल्यू धरापमा पारे ।

त्यसअघिको बलमा उनै केसी सोपरलाई रन आउट बनाउनबाट चुकेका थिए ।

भानुआलाई पेभिलियनि फर्काएकै अर्काे बलमा केसीले नै अटाईलाई शुन्य रनमा पेभिलियन फर्काउँदै खेल नेपालको पक्षमा पार्ने प्रयास गरे ।
अन्तिम ओभरमा नाओलाई रन आउट गर्दै दिपेन्द्रसिंह ऐरीले नेपालको जित निश्चित गरे ।

ऐरीले नाओलाई शुन्य रनमा पेभिलियन फर्काउँदै नेपाललाई सिरिजको पहिलो जित दिलाए ।

नेपालका लागि विकेटकिपर ब्याटर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । शेखबाहेक रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।

करण केसीले १४, कुशल मल्लले ११, लोकेश बमले पाँच, दिपेन्द्रसिंह ऐरीले चार र सोमपाल कामीले एक रन बनाए ।

कप्तान सन्दिप लामिछाने एक र अविनाश बोहरा शुन्य रनमा अविजित रहे ।

नेपालका नौमध्ये सात ब्याटर क्याच आउट भएका थिए । ओपनर कुशल भुर्तेल रन आउट भए भने कुशल मल्ल क्लिन बोल्ड भएका थिए ।

पिएनजीका लागि आलेइ नाओ, चाड सोपर र चाल्र्स अमिनीले समान दुुई विकेट लिए । नोरमान भानुवा र रिले हेकुरेले एक–एक विकेट लिएर नेपालको इनिङलाई रोकेका थिए ।

दुुई एकदिवसिय र त्रिकोणात्मक टी२०आई सिरिज खेल्न नेपाल आएको पिएनजीले घरेलु टोली नेपालविरुद्धको एकदिवसिय सिरिज २–० ले क्लिनस्विप गरेको थियो ।

नेपाल, पिएनजी र मलेसिया सम्मिलित ट्राई नेसन सिरिज अन्तर्गत भोलि हुने दोस्रो खेलमा पिएनजीले मलेसियाको सामना गर्नेछ ।

मङ्गलबार हुने तेस्रो खेलमा नेपालले मलेसियासँग खेल्दैछ ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, १६:०४:१७

सम्बन्धित खबर

मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
४ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
७ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
७ घण्टाअघि

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
४ दिनअघि
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०