रुसद्वारा नयाँ तीन सहरमा आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
५ वर्षअघि
तीन

रुसी सेनाले आज (शुक्रबार) युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेका छन् । 

दुई फरक दिशामा रहेका, लुट्स, नीप्रो र इभानो-फ्रान्किभिस्क सहरमा आक्रमण भएको भन्दै युक्रेनले तस्बिर समेत सार्वजनिक गरेकाे छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आक्रमण सत्य भएकाे भन्दै समाचार सम्प्रेषण गरिरहेका छन् । 

उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोट भएको छ । नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ ।

युक्रेनले नीप्रोमा भएका विस्फोटका केहि तस्बिरहरू समेत सार्वजनिक गरेको छ ।

लुट्समा रहेको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा आक्रमण गरिएको हो ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

साथै, नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न उनले अनुरोध गरेका छन् ।

रुसले अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले समेत फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका हुन् । यी तीन सहरमा यसअघि आक्रमण भएको थिएन ।

आक्रमण परी एक जनाकाे मृत्यु भएकाे अल्जाजीराले उल्लेख गरेकाे छ । 

युक्रेनकाे राजधानी कीभलाई नियन्त्रणमा लिन प्रयास गरिरहेकाे रूसले आफ्ना आक्रमणलाई सशक्त बनाउदै लगिरहेकाे छ । 

पूर्वी युक्रेनमा रहेका रुसी समर्थित सेनाहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्य उपचार, खाद्यान्न र हतियार लगायतकाे सहयाेग दिइरहेका छन् ।

रुस समर्थित सहरका प्रमुखकाे अनुराेधमा भन्दै भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेका थिए । 

रुसले आक्रमण सुरू गरेयता युक्रेन छाड्ने युक्रेनीकाे सङ्ख्या २५ लाख पुगिसकेकाे छ ।

प्रकाशित समय: शुक्रबार २७ फाल्गुण, २०७८, २२:०९:२०

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
२ हप्ताअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ हप्ताअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०