विदेशमा उच्च शिक्षा, स्वदेश फर्केर विदेशी आइटी कम्पनीलाई नै टक्कर !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ फाल्गुण, २०७८
४ वर्षअघि
विदेशमा

कमै मान्छे होलान्, जसले विदेशमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएर बिजनेस गर्ने साहस राख्छ ।

नेपालमै पढेका शिक्षित युवाहरू पनि स्वदेशमा भविष्य छैन भनेर विदेश हानिन्छन् ।

झन् विदेशमा पढेर त्यहाँको सुविधा भोग गर्न पल्केकाहरू नेपाल फर्किएर बिजनेसमा हात हाल्न जोखिम मान्छन्, यहाँको राजनीतिक ‘गञ्जागोल’ बिजनेसका लागि चुनौती भन्ठान्छन् ।

त्यसबाहेक पनि नेपालमा उद्योग–व्यवासाय गर्न अनेकन अवरोध छन् ।

नेपालको लामो शसस्त्र द्वन्द्व, र राजनैतिक अस्थिरताले देशलाई समस्यामा पार्दा उद्योगधन्दाहरू रुग्ण अवस्थामा छन् ।

जसले गर्दा उद्योगीहरू धरासायी बनेका छन् र उद्यमशिलता पलायन भइरहेको अवस्था पनि छ ।

यसैले पनि धेरै नयाँ पुस्ताहरू आज नेपालमा बस्ने अवसरै छैन भनेर विदेश पलायन भइरहेका छन् ।

तर एकता गोल्छा एउटा त्यस्तो नाम हो, जसले बेलायतमा अध्ययन गरेर नेपालमा बिजनेस हाँकिरहेकी छन् ।

उनलाई लाग्छ हाम्रो देश नेपाल उद्यमशिलताका लागि अवसरै–अवसर भएको देश हो ।

यहाँ पनि केही गर्न नसक्नेले अन्त गएर केही गर्न सक्दैनन् ।

इङ्ग्ल्यान्डमा अध्ययन अनि दुई वर्ष भारतीय आइटी कम्पनीमा जागिर गरेकी उनी विदेशमै पनि उद्योग–व्यवसाय चलाउन सक्थिन् ।

परिवारबाट बिजनेस गर्ने कुरामा ‘फूल सपोर्ट’ छँदैथियो ।

तर उनी नेपालमै कम्पनी खोल्ने योजना बुनेर सन् २०१६ मा स्वदेश फर्किइन् ।

उमेरले ३२ पुगेकी पनि ४० कर्मचारीसहितको एउटा आइटी कम्पनीलाई सफलताको दिशा दिइरहेकी छन् ।

उनी औद्योगिक घरानियाँकी युवा पुस्ता हुन् ।

उनी सदस्य भएको गोल्छा परिवार (गोल्छा अर्गनाइजेसन) नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो ।

गोल्छा परिवार नेपालको उद्योग–व्यापारलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएको परिवार हो ।

जुन सिङ्गो परिवार लामो समयदेखि नेपालको उद्योग–व्यापारमै समर्पित छ ।

त्यसमध्येका एक हुन्, राजकुमार गोल्छा ।

जुट उद्योगमा उल्लेख्य सफलता हात पारिरहेका राजकुमार गोल्छाकी छोरी हुन्, एकता ।

विदेशमा लिएको उच्च शिक्षाको सहायतामा एकताले आफ्ना बाबाकै बिजनेसमा सहयोग पुर्‍याउन सक्थिन् ।

तर उनी आफैँ केही फरक गरेर चिनिन चाहन्थिन् ।

यसैको फलस्वरूप सन् १६ मा उनले डेल्टाटेक नामक आइटी कम्पनी खोलेर सञ्चालन गर्न थालिन् ।

आज उनको कम्पनीसँग थुप्रै देशका नामी उद्योगहरू जोडिएका छन् ।

र, एकता नेतृत्वको डेल्टाटेकबाट यसमा आबद्ध भएका सबै कम्पनी सन्तुष्ट पनि छन् ।

‘मेरो परिवार नेपालको उद्योग–व्यापारमा ठुलो योगदान दिएको परिवार हो,’ उनी भन्छिन्, ‘बुबा अझै पनि सोही काममा समर्पित हुनुहुन्छ, म पनि छु । मैले बुबाकै बिजनेसमा सघाउन सक्थेँ । तर मैले आफ्नै कम्पनी थालेँ । धेरैले मलाई किन जोखिम मोलेको भनेर सोध्नु पनि भयो । तर मलाई जोखिम मोल्नमै मज्जा लाग्छ । किनकि, रिस्कबिनाको उपलब्धि पनि फिका हुन्छ ।’

तथापि, उनले अप्रत्यक्ष रूपमा भएपनि बुबाको बिजनेसमा सहयोग गरिरहेको बताइन् ।

हो, नेपालमा आइटी कम्पनीका लागि अनेकौँ चुनौती छन् ।

उनी यो कुरामा जानकार पनि छिन्, कि नेपालमा एजुकेसनको लेबल धेरै तल भएकोले अझै धेरैले टेक्नोलोजी प्रयोग गर्ने गरेका छैनन् ।

धेरैमा टेक्नोलोजी भनेको झन्झटिलो र खर्चिलो हुन्छ भन्ने गलत धारणा छ ।

धेरै कमले मात्र टेक्नोलोजीले जीवन झन्झिटिलो नभएर झन् सहज बनाउँछ, खर्चिलो नभएर मितव्यायी हुन्छ र यसले समयको बचत पनि गराउँछ भन्ने बुझेका छन् ।

सबैमा टेक्नोलोजीको चेतना जगाउन र टेक्नोलोजीसँगको अभ्यासमा अभ्यस्त बनाउन पनि आइटी कम्पनी थालेको उनको भनाइ छ ।

‘जब मानिसहरूको एजुकेसन लेबल बढ्दै जान्छ धेरैभन्दा धेरैले यसको महत्त्वलाई बुझ्नेछन् र नयाँ–नयाँ टेक्नोलोजीको प्रयोगमा दक्ष हुँदै जानेछन्,’ उनी भन्छिन् ।

यसरी सुरु भयो डेल्टाटेक

एकताले स्कुले शिक्षा विराटनगरको डिएभी स्कुलबाट सकेकी हुन् ।

त्यसपछि चार वर्ष भारतमा पढिन् ।

भारतमा ११ र १२ अध्ययन सकेपनि उच्च शिक्षाका लागि युके पुगिन् ।

लन्डनस्थित वारविक युनिभर्सिटीमा म्याथमेटिक्स पढेपछि अक्सफोर्ड युनिभर्सिटीमा थप तीन वर्ष पढेर एमएससी सकिन् ।

उनको विषय ‘म्याथमेटिकल एन्ड कम्प्युटेसनल फाइनान्स’ हो ।

पढाइपछि व्यवहारिक ज्ञान हासिल गर्न उनले भारतको एक प्रसिद्ध आइटी कम्पनीमा जागिर खाइन् ।

उनी बाहिर पढेपनि बिजनेसका लागि नेपाल नै फर्किने सोचमा थिइन् ।

‘विदेशमा पढ्न गए पनि नयाँ पुस्ताले केही नयाँ सिर्जना गरेर देशको उद्यमशिलता बढाउन सहयोग गर्नुपर्छ भन्ने चाहना ममा थियो,’ उनी भन्छिन्, ‘यसैले पनि मैले बुबाहरूले गरिरहेको उद्योगको पुरानो बिरासतलाई सम्हालिनँ । बरु आफ्नै नयाँ केही गरौँ भन्ने ठानेर आफ्नो पढाइ र रुचिअनुकुल आइटी कम्पनी खोलेकी हुँ ।’

विश्वका आइटी कम्पनीलाई चुनौती दिने लक्ष्य

पछिल्लो समय आइटी क्षेत्र बिजनेसका लागि महासागर बन्दै गइरहेको छ ।

किनकि, अहिले विश्व नै प्रविधीकरण भइसकेको अवस्था छ ।

जोखिम मोलेर नयाँ गर्न चाहनेहरूले यो क्षेत्रमा धेरै नयाँ गरेर देखाउन सक्छन् ।

डेल्टाटेक एप कम्पनी र त्यसमा आबद्ध कर्मचारीबीचको समन्वय गर्ने नेपालको भरपर्दो एप हो, जसले कम्पनीमा प्रविधिमैत्री भई काममा समन्वयकारी भूमिका खेल्छ ।

फिल्ड सेल्सबेसमा भने डेल्टाटेक नेपालकै पहिलो भएको उनको भनाइ छ ।

‘नेपालमा मात्र नभएर विदेशमा पनि हाम्रा ग्राहकहरू बढिरहेका छन्,’ उनी भन्छिन्, ‘बिजनेस विस्तार हुँदै गएपछि हामीले आफ्नो कार्यक्षेत्र पनि फैलाउन थालेका छौँ । अब हामी सर्भिस प्राभाइडरमात्र होइन, टेक्नोलोजी निर्माता पनि बन्दै गइरहेका छौँ । हामीले कम्पनीमा दक्ष जनशक्ति धमाधम थपिरहेका छौँ भने ल्याब र बजार प्रबन्धलाई पनि व्यवस्थित गर्दै लादैछौँ ।’

एकताका अनुसार हाल दुई सयभन्दा बढी कम्पनीहरू उक्त एपमार्फत आफ्ना कामलाई सहज बनाउँदै छन् ।

नेपाल, भारतदेखि इजिप्टसम्मका राष्ट्रहरूले डेल्टा एप प्रयोग गर्छन् ।

युरोपमा भने डेल्टाटेकले उपस्थिति जनाइसकेको अवस्था नभए पनि त्यहाँका केही राष्ट्रहरूसँग कुरा भइरहेको उनको भनाइ छ ।

‘अहिले हामीले नेपाल र विदेशका गरी दुई सयभन्दा बढी कम्पनीसँग काम गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘बजार प्रबन्धतिर आफ्नो उपस्थिति राम्रो देखाइएको छ यो एपले । एउटा सेल्सम्यानलाई मात्र नभएर पूर्ण कम्पनी–उद्योगलाई सहज बनाउँछ । उद्योगमा कर्मचारीबीच प्रभावकारी भूमिका हुँदा काममा पनि तीव्रता आउँछ ।’

मूल्यमा सुलभ, काममा सहज र अफलाइन पनि चलाउन सकिने भएका कारण पनि यो एप चलाउन त्यति खर्चिलो नभएको उनको भनाइ छ ।

अरू देशमा यस्तै प्रकृतिका काम गर्ने एप्सहरूजस्तै भरपर्दो रहेको बताउने एकताले आइटी सेक्टरमा नेपालबाटै विश्वलाई चुनौती दिने लक्ष्य राखेकी छन् ।

तथापि, नेपाल सरकारले देशमा शिक्षाको लेबल बढाएर सहयोग पुर्‍याउनु पर्ने एकताको भनाइ छ । किनकि, जति–जति देशमा एजुकेसनको लेबल बढ्दै जान्छ, उति–उति आधुनिक प्रविधि प्रयोग गर्नेहरू बढ्दै जान्छन् र समाज प्रविधिमैत्री बन्दै जान्छ ।

प्रकाशित समय: सोमबार २३ फाल्गुण, २०७८, २२:०६:२५

सम्बन्धित खबर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आईतबार २० ब‌ैशाख, २०८३
२१ घण्टाअघि

इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने

आईतबार २० ब‌ैशाख, २०८३
२२ घण्टाअघि

मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन

शनिवार १९ ब‌ैशाख, २०८३
२ दिनअघि

अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ दिनअघि

‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ दिनअघि

मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर

बिहिबार १७ ब‌ैशाख, २०८३
४ दिनअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०