नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

नेपाल आयरल्यान्डसँग पराजित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ फाल्गुण, २०७८
४ वर्षअघि
UAE

ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

अल अमेरात क्रिकेट मैदानमा आयरल्यान्डले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए ।

आशिफ शेख २३ रनमा आउट हुँदा कुशल भुर्तेल १५ रन जोडेर पेभेलिएन फर्किए । लोकेश बम ६ तथा ज्ञानेन्द्र मल्ल ५ रनमा आउट हुँदा शरद भेषवाकर १ रनमा आउट भए ।

कमल ऐरी १३, कुशल मल्ल ९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए ।

आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा अलआउद हुदै १ सय २७ रन बनाएको थियो ।

आयरल्याण्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रन जोड्दा कर्टिस क्याम्फरले २०रन बनाए ।

यस्तै कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ र सिमी सिंहले १ रन जोडे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए ।

अविनाश बोहराले दुई विकेट लिए । सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

प्रकाशित समय: सोमबार २ फाल्गुण, २०७८, १९:३१:५३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले
शुक्रबार १८ ब‌ैशाख, २०८३
आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन
शुक्रबार १८ ब‌ैशाख, २०८३
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
शुक्रबार १८ ब‌ैशाख, २०८३
बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०