कुष्ठरोगका बारे भ्रम: पाप गरेको कारण कुष्ठरोग लाग्ने हुदैन

कुष्ठरोग

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
४ वर्षअघि
कुष्ठरोग

कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको सङ्क्रमण हो । जुन समयमा पहिचान गरि नियमित औषधि प्रयोगबाट निको हुन्छ ।

पाप धेरै गरेको कारण कुष्ठरोग लाग्ने समाजमा मान्यता छ । मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो ।

Advertisement

कुष्ठरोग लागेका मानिस पापी हुन् भन्ने भ्रम पनि समाजमा व्याप्त छ । यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग होइन ।

तर मानिसमा यो रोगप्रति भएको नकारात्मक सोचाईका कारण रोगीलाई सामाजमा बहिस्कार समेत गरिन्थ्यो ।

मानिसमा रोगको बारेमा जनचेतना बढेको कारण पछिल्ला दिनमा कुष्ठरोगी प्रति हुने गरेको भेदभावमा धेरै कमी आएको छ ।

तरपनि रोगीलाई गरिने भेदभाव पूर्ण रुपमा अन्त्य भने हुन सकेको छैन । कुष्ठरोगका बारेमा केहि गलत धारणा छन् ।

– कुष्ठरोग एकदम सङ्क्रामक रोग हो ?
यो सरुवा रोग भएपनि यसलाई त्यति धेरै सङ्क्रामक मानिंदैन । कुष्ठरोग सङ्क्रमित व्यक्तिले सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कण वा थोपाहरूको माध्यमबाट सर्छ ।

सङ्क्रमित व्यक्तिसँग हात मिलाउँदा, अङ्गालो हाल्दाँ, छेउमा बस्दा वा खाना खाएको समयमा टेबलमा छेउमा बस्दा सङ्क्रमण सर्दैन । कुष्ठरोगी गर्भवती आमाबाट जन्मने शिशुमा पनि रोग नसर्ने जनाइएको छ ।

मानिसको शरीरमा भएको प्रतिरक्षा प्रणालीले ब्याक्टेरियाहरूसँग लड्न सक्ने हुदा सम्पर्कमा आएपनि ९५ प्रतिशत मानिसलाई रोग लाग्ने सम्भावना कम हुन्छ ।

– सङ्क्रमितले सङ्क्रमण कति समयसम्म सार्न सक्छ ?
औषधि उपचार शुरू गरेपछि नै रोगीले रोग सार्न सक्दैन । एन्टिबायोटिकको उपचार शुरू गरेको केही दिन पछि नै व्यक्ति सङ्क्रामक हुँदैन ।

तर, सङ्क्रमण पुर्ण निको पार्न र पुन रोग दोहोरिन नदिन उपचार निर्धारित रूपमा समाप्त गर्नुपर्ने हुन्छ । उपचार गरिएका कुष्ठरोगी आफ्नो परिवार र साथीहरू माझ, दैनिक काममा फर्केर सामान्य जीवन बिताउन सक्छन् ।

– के कुष्ठरोग लागेपछि निको हुन्छ ?
समयमा डाक्टरकोमा गइ रोग पहिचान गरेर उपचार गरेमा कुष्ठरोग निको हुन्छ । एन्टिबायोटिक उपचारले कुष्ठरोग निम्त्याउने ब्याक्टेरियालाई मार्छ, रोग निको पार्छ र शरीरमा हुनसक्ने अन्य क्षतिलाई पनि रोक्न मद्दत गर्छ ।

– के कुष्ठरोगले गर्दा हात र खुट्टाका औँला खस्न सक्छन् ?

हात र खुट्टाका औंला कुष्ठरोगको कारणले खस्दैनन् । कुष्ठरोगको मुख्य कारक मानिने ब्याक्टेरियाले औँलाका स्नायुहरूमा आक्रमण गर्छ जसले केहि महसुस नहुने बनाउँन सक्छ ।

जसकारण हातखुट्टामा भएको घाउ वा जलेको भागमा ध्यान नजान सक्छ । यसले सङक्रमण र स्थायी क्षति निम्त्याउँनुका साथै अन्तमा शरीरका हात र खुट्टाका औँला खस्न सक्छन् ।

यो उपचार नगरिएको रोगको गम्भीर चरणमा हुन्छ ।

 

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार १३ असार, २०८३
३ घण्टाअघि

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
७ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
२० घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
२२ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
२३ घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
१ दिनअघि
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०