आज सहायक प्रशिक्षकको रूपमा राष्ट्रिय टिमबाट डेब्यु गर्दै विष्णु गुरुङ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि

विष्णु गुरुङले नेपाली राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकको रूपमा आज डेब्यु गर्दै छन् ।

अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा विष्णुले असिस्टेन्ट कोचको रूपमा डेब्यु गर्न लागेका हुन् ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज अपराह्न मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

यो खेल सहायक प्रशिक्षकको रूपमा विष्णुका लागि पहिलो हुने छ ।

ए डिभिजन क्लब सङ्कटाका मुख्य प्रशिक्षक गुरुङ केही समयअघि मात्र सहायक प्रशिक्षकको रूपमा टिममा जोडिएका हुन् ।

मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीको आग्रहमा प्रशिक्षक गुरुङलाई टोलीमा आबद्द गरिएको हो ।

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा भने किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

गुरुङको नेतृत्वमा संकटाले जारी लिगमा उत्कृष्ट खेलिरहेको छ ।

गुरुङ राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

को हुन् विष्णु ?

खेलाडीको रूपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि उनको परिचय फुटबलले नै बनेको हो ।

सहारा एकेडेमीको पहिलो ब्याचका रूपमा फुटबलको गुण सिकेका विष्णु अहिले विस्तारै फुटबल प्रशिक्षकका रुपमा स्थापित हुने क्रममा छन् ।

३६ वर्षीय विष्णुले प्रशिक्षककै रूपमा पहिलो औपचारिक नियुक्ति भने सहारा एकेडेमीको प्रशिक्षकका रूपमा लिए ।

थ्री स्टार क्लबमा लामो समय आबद्ध रहेका विष्णुको पछिल्लो नाता भने सङ्कटाका रुपमा जोडिएको थियो ।

सी लाइसेन्स लिइसकेपछि बनेपा ब्वाइज क्लब (बिबिसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका थिए ।

सी लिएको केहि समयमै एसियाली फुटबल महासंघ (एएफसी) ले उनलाई बी लाइसेन्स कोर्षका लागि छनोट गर्यो ।

उनले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरे । छोटो अवधिमै उनले राष्ट्रिय टोली तयार पारेर एसियन कप छनोटमा टोलीको प्रशिक्षण सम्हाले ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १२:१०:३९
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०