स्वास्थ्य मन्त्रालयः देशमा सिटामोलको अभाव छैन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ माघ, २०७८
४ वर्षअघि

देशमा पारासिटामोल लगायत कुनै पनि अत्यावश्यक औषधिको अभाव नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सिटामोल लगायत कुनै पनि अत्यावश्यक औषधिको अभाव नभएको बताएका हुन् । देशमा सङ्क्रमण बढेसँगै धेरै निजी फार्मेसीहरूले सिटामोल नभएको भन्दै फर्काउने गरेका छन् । तर, सरकारी स्टोर तथा फार्मेसीमा गरी अहिले एक करोड १० लाखभन्दा बढी मात्रामा सिटामोल मौज्दात रहेको उनले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारण गरेर राखिएको र सरकारी फार्मेसीहरूमा एक करोडभन्दा बढी मात्रामा सिटामोल मौज्दात रहेको छ ।

सिटामोल लगायत आवश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सम्पूर्ण सरकारी अस्पताल, प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन गरिएको डा. अधिकारीको भनाइ छ ।

कुनै सरकारी अस्पतालमा पारासिटामोल कम हुने अवस्था आएमा नेसनल औषधि लिमिटेडसँग सीधै सम्झौता गरेर खरिद गर्न सकिने उनले बताए ।

प्रकाशित समय: बुधबार ५ माघ, २०७८, २१:४८:४४
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
क्यानद्वारा भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा
आईतबार १० जेठ, २०८३
बाजुरा र हुम्लाको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
आईतबार १० जेठ, २०८३
छोरा भेट्न अस्ट्रेलिया पुगेकी महिलाको सिड्नी विमानस्थलमै निधन
आईतबार १० जेठ, २०८३
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
आईतबार १० जेठ, २०८३
डा.ल्हारक्याल लामा‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित
आईतबार १० जेठ, २०८३
धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु
आईतबार १० जेठ, २०८३
फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०