बर्जु महाेत्सव कान्डः महोत्सव बन्द गर्न परिपत्र गर्दा नमानेपछि राेकिए कलाकार, दर्शककाे भिडले गर्‍यो आगजनी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
५ वर्षअघि
दर्शकको भीडले सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका छन् ।

दर्शकको भीडले सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका छन् ।

सुनसरीको बर्जु तालको छेउमा लगाइएको महोत्सवमा आयोजकले बोलाएको कलाकार नआएपछि महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड र आगजनी गरेको हो । आयोजकले महोत्सवको आज अन्तिम दिन भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो ।

Advertisement

स्थानी प्रशासनले पुष २३ गतेबाट महोत्सव सञ्चालनको इजाजत दिए पनि कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो तर प्रशासनको निर्देशन विपरीत आयोजक बर्जु सामुदायीक विकास केन्द्र सुनसरीले भाेजपुरी कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

महाेत्सव स्थलमा अत्यधिक भीड भएकाे थाहा पाएपछि विराटनगर आइपुगेकाे कलाकारकाे टाेलीलाई राेकेकाे थियाे । टिकटकाे पैसा तिरेर महाेत्सव स्थलमा आइपुगेर पर्खदा पनि कलाकार स्टेजमा प्रस्तुती दिन उपस्थित नभएपछि जम्मा भएकाे भीडले तोडफोड र आगजनी सुरू गरेकाे थियाे ।

आक्रोशित बनेको भीडले चारवटा भारतीय सवारी साधन र महाेत्सव स्थलमा बनाइएकाे स्टेजमा आगजनी गरेका छन् । सो घटना लगत्तै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरि भीड नियन्त्रण गरिएको थियाे ।

क्षतिबारे यकिन तथ्याङ्क भने हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०