पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

विराटनगर। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएका छन्। उनले पत्रकारलाई नियन्त्रणमा लिएर समाचारको सत्य दबाउन नसकिने भन्दै सरकारको आलोचना गरेका हुन्।

शनिबार प्रेस वक्तव्य जारी गर्दै आङ्देम्बेले बालेन नेतृत्वको सरकारका गतिविधिले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको आरोप लगाए। ‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ, न त प्रेसलाई कुनै निरंकुशताका सामु घुँडा टेकाउन नै,’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।

Advertisement

पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई त्रसित बनाउने गतिविधि भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनको भनाइ छ।

पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता खुम्चिँदै गएको आङ्देम्बेले बताएका छन्। सरकारका कमजोरी औंल्याउने पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले सरकार आफूलाई जनताका प्रश्नभन्दा माथि राख्न खोजेको सन्देश दिएको उनको टिप्पणी छ।

पत्रकार पक्राउको विषयमा प्रधानमन्त्रीको सचिवालय बेखबर, गृह प्रशासन अनभिज्ञ र प्रहरी प्रवक्ता स्वयं घटनाबारे बुझ्दै गरेको बताइरहेका बेला पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले बताएको दाबी गरेको आङ्देम्बेले वक्तव्यमा उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्रीको निर्देशनदेखि सरकारका हरेक काम कानुनसम्मत हुनुपर्नेमा जोड दिएका छन्। राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरेका छन्।

दशकौँको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने आङ्देम्बेको भनाइ छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित

शनिवार १५ कार्तिक, २०८३
३ घण्टाअघि

महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह

शनिवार १५ कार्तिक, २०८३
३ घण्टाअघि

पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०