मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ असोज, २०८३
२ हप्ताअघि

काठमाडौं । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

Advertisement

मन्त्रिपरिषद्ले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

बैठकले पशु, बधशाला तथा मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।

यसैगरी, संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

बैठकले नेपाल प्रशासन सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१८ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०