विराटनगर । आज बस्ने भनिएको राष्ट्रियसभा बैठकको बैठक स्थगित भएको छ । अर्को बैठक साउन २७ गते दिउँसो १ः१५ बजे हुने भएको छ ।
संसद सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनः निर्धारण गरेका हुन् ।