विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो ।