विराटनगर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्।
एमालेले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।
सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो ।
आजै एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री बानियाँलाई राजीनामा बुझाउनेछन् । त्यस्तै, प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने छ ।