विराटनगर । सभामुख डोपी अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।
बुधबार दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभाको कार्यसूची र संसदको बिजनेसबारे छलफल हुने छ ।
कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने भएपछि बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।