प्रहरीले बुधबार सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा तथा सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार निषेधित क्षेत्र तोडेर प्रदर्शन तथा नाराबाजी गर्न खोजेपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।