विराटनगर । कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते भएका छन् ।
मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको प्रहरीले बताए ।
विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिष्टको मृत्यु भएको हो । सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् ।
जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका उनीहरु ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए ।