विराटनगर । नेपाली कम्युनिस्ट पार्टी नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।
उनले पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन्।