अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
२ महिनाअघि

 विराटनगर। आर्थिक विधेयकमा कर दर हेरफेर र दस्तावेज परिवर्तन तथा सूचना चुहावटको आरोपसहितको विवाद चुलिँदै जाँदा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि संसदीय छानबिन समिति गठन गर्न कडा माग गरेका छन्।

शाहीले बजेट निर्माण प्रक्रियामा गम्भीर अनियमितताको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनमार्फत सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

उनले कुनै गल्ती नभए छानबिनबाट किन हिचकिचाउने भन्दै प्रश्न गर्दै, दोषी देखिए कानुनी दायरामा ल्याउन संसदलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

यता अर्थमन्त्री वाग्लेले भने संसदीय छानबिन समिति गठनको मागलाई अस्वीकार गर्दै विपक्षी दलहरूलाई संयमित हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले जथाभावी छानबिन समिति गठन गर्नु उपयुक्त नभएको टिप्पणी गर्दै संसद त्यति सस्तो होइन भन्ने धारणा राखेका छन्।

विपक्षी दलहरूले भने कर दर हेरफेर, सूचना चुहावट र राजस्व नोक्सानीको आशंकामा संसदीय छानबिन समिति गठन तथा अर्थमन्त्रीको राजीनामा समेत माग गरिरहेका छन्।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, १४:४३:३६
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०