बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ जेठ, २०८३
३ महिनाअघि

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि औपचारिक छलफल प्रारम्भ हुने भएको छ।
बैठकको प्रारम्भमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसपछि सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि सामान्य छलफल सुरु हुनेछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन्।
सरकारले सार्वजनिक गरेको बजेटमाथि सत्ता पक्ष र विपक्षी दलका सांसदहरूले आफ्ना धारणा राख्ने तयारी गरेका छन्। बजेटका प्राथमिकता, राजस्व संकलन, विकास खर्च, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा आर्थिक सुधारका विषयमा संसदमा व्यापक बहस हुने अपेक्षा गरिएको छ।
बजेट सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दल, निजी क्षेत्र तथा सरोकारवाला निकायबाट समर्थन र आलोचना दुवै आएको छ। त्यसैले आजबाट सुरु हुने संसदीय छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलपछि मन्त्रालयगत शीर्षकहरूमा समेत क्रमशः विस्तृत बहस हुने संसदीय कार्यतालिका रहेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले अघि सारेका योजना, कार्यक्रम र खर्चका प्राथमिकताबारे सांसदहरूले सरकारसँग जवाफ माग्ने र सुझाव दिने अपेक्षा गरिएको छ।

प्रकाशित समय: मङ्गलबार १९ जेठ, २०८३, ०८:२९:१४
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०