बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ जेठ, २०८३
३ महिनाअघि

विराटनगर । काठमाडौं महानगरपालिका-६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

महानगरपालिका सहकारी विभागको रोहवरमा सहकारीले बचत फिर्ता प्रक्रिया अघि बढाएको हो।

सहकारी विभागका अनुसार संस्थाले आज एक लाख ५० हजारसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई रकम फिर्ता गरेको छ। साथै आगामी एक महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम पनि फिर्ता गर्ने योजना बनाइएको छ।

विभाग प्रमुख ध्रुवकुमार काफ्लेले मागदाबीसहित निवेदन लिने, बचतकर्ता र सञ्चालकबीच छलफल तथा मिलापत्र गराउने, साथै ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनामार्फत ऋण चुक्ता गर्न अनुरोध गरिने जानकारी दिए।

वडास्तरमा समस्या समाधान नभए विभागले थप पहल गर्ने तथा सञ्चालक सम्पर्कमा नआए कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ। ऋणीले ऋण नतिरे सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस पठाइने व्यवस्था रहेको छ।

यस प्रक्रियामार्फत बचत रकम एकमुष्ट वा किस्ताबन्दीमा फिर्ता हुने गरेको विभागले जनाएको छ।

प्रकाशित समय: बुधबार १३ जेठ, २०८३, ११:०२:५६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०