विराटनगर । नेकपा एमालेकी सांसद् गङ्गादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छिन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र शाहाको परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख रहेको बताईन् ।
उनले भनिन्,‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो रु बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु ।’
सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ ।