लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै, साउनदेखि ८ वटा मात्रै कायम गरिने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
५ महिनाअघि

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर ८ वटा कायम गर्ने तयारी अघि बढाएको छ ।

प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो तथा मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

Advertisement

हाल लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय सञ्चालनमा रहेका छन् । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी का अनुसार प्रमुख सचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा गठन गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सवारी साधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ । अब आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा सवारी दर्ता किताब (बिल बुक) नवीकरण तथा अस्थायी बाटो इजाजत सेवा उपलब्ध गराइने भएको छ ।

सरकारको निर्णयअनुसार गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियामा घरेलु तथा साना उद्योग कार्यालयमार्फत उक्त सेवा सञ्चालन गरिनेछ । साथै दाङ जिल्लामा पनि घरेलु तथा साना उद्योग कार्यालयबाट सेवा विस्तार गरिने निर्णय भएको छ ।

बैठकले प्रदेश सचिवहरूको जिम्मेवारीसमेत तोकेको छ । नारायणप्रसाद अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव तथा शुसिला अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३ पारित गर्ने तथा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा तयार गरिएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावलीलाई प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले धार्मिक वन हस्तान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने तथा निजी वनमा रहेका रूखको कटान, उपयोग, ओसारपसार, बिक्री वितरण र अनुगमन सम्बन्धी कार्यविधि, २०८३ सम्बन्धित समितिमा पठाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०