हर्क साम्पाङद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
३ महिनाअघि

काठमाडौँहर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको र संसदको अपमान गरेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री शाहले जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सभा छोडेर बाहिरिएको, जेठ ३० गतेको छलफलमा अनुपस्थित रहेको तथा नजिकैको कार्यालयमा बसेर संसदको गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरे पनि सदनमा जवाफ दिन नआएको उल्लेख गरिएको छ ।

सांसद राईले प्रधानमन्त्रीका यी गतिविधिलाई संसदीय परम्पराको बेवास्ता तथा “संसदीय अभ्यासको इतिहासमा कालो धब्बा” को संज्ञा दिएका छन् ।

“जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएका प्रधानमन्त्री कुन नैतिकताको आधारमा कुर्सीमा बसिरहेका छन् ?” विज्ञप्तिमा प्रश्न गरिएको छ ।

उनले कर्तव्य पूरा गर्न नसक्ने व्यक्तिले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । साथै सरकारले संसदलाई छलेर अध्यादेशको बाटोबाट अघि बढ्न खोजेको र न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न नसकेको आरोप पनि लगाएका छन् ।

प्रकाशित समय: शुक्रबार १ जेठ, २०८३, १०:१३:२८
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०