विराटनगर । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने,‘राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन यो नीति तथा कार्यक्रम खारेज हुनुपर्छ । र, पूर्ण संशोधन र पुनर्लेखन गर्नै पर्दछ ।’