अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
५ महिनाअघि

स्याङ्जा — स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट उनलाई पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले पक्राउ पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Advertisement

नेपाली कांग्रेस बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित थापाले १ हजार १२३ मत प्राप्त गर्दै एमाले उम्मेदवारलाई पराजित गरेका थिए। निर्वाचितपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका उनी २०८० भदौ १५ गते स्वास्थ्य उपचारको बहानामा सम्पर्कविहीन बनेका थिए। पछि उनी अमेरिका पुगेको खुलेको थियो।

स्थानीय स्रोतका अनुसार थापामाथि केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पठाउने र केहीसँग रकम लिएर अलपत्र पार्ने आरोप लाग्दै आएको थियो। करिब साढे दुई वर्षपछि नेपाल फर्किएका उनी पुनः वडा कार्यालयमा सक्रिय देखिएका थिए।

थापा विदेशमा रहेका बेला पनि नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको खुलेको छ। त्यसपछि भने उनको सेवा–सुविधा रोकिएको नगरपालिकाले जनाएको छ।

हाल थापा मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
७ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१२ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१२ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
१५ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
१६ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०