विराटनगर । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत भिजिट नेपाल वर्ष घोषणा गरेको हुन् ।
यसका लागि पर्यटकको बसाई अवधि बढाउने र नेपाललाई विश्व आध्यात्मिक पर्यटन विकास गर्न देवभूमिको रुपमा विकास गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले भिजिट नेपाल मनाउने र नेपालका ५ हजार होमस्टेलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने घोषणा पनि गरेको छ ।