विराटनगर । श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद् हर्क साम्पाङले सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सीमा सुरक्षा, सुकुम्बासी समस्या, अध्यादेश, बजेट र तस्करीका विषयमा सरकारलाई प्रश्न गर्दै संसद् छल्ने कार्यलाई लोकतन्त्रको अपमान भनेका छन्।
उनले भने,‘सेनालाई सीमा बचाउन खटाउन छाडेर आफ्नै नागरिक उठिबास लगाउन दुरुपयोग गर्न लगाउनु कति जायज हो ?’
सुकुम्बासीहरूसँग सरकारको व्यवहार र ज्यादतीप्रति उनले आक्रोश व्यक्त गरे ।