विराटनगर । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
लामो समयको छलफल र राजनीतिक रस्साकस्सीपछि किरातीले आफ्नो समूहसहित श्रम संस्कृति पार्टीसँग एकता गर्ने निर्णय गरेका हुन्।
यसअघि प्रगतीशिल लोकतान्त्रिक पार्टीमा सक्रिय रहेका किरातीले केही समयअघि मात्रै सो पार्टी परित्याग गरेका थिए।
दुई पक्षबीच भएको सहमति अनुसार, किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने भएको छ।