विराटनगर । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति खारेज गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले हालको संघीय संरचनामा परिवर्तन आवश्यक रहेको भन्दै प्रदेश तह हटाएर केन्द्र र स्थानीय तह मात्र राख्नुपर्ने सुझाव दिएका हुन्।
उनले लेखेका छन्,‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’
त्यस्तै,उनले प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ४०-६० प्रतिशत अनिवार्य बनाउनु पर्ने बताएका छन् ।