विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका तर्फबाट संघीय संसद प्रतिनिधित्व गर्ने सांसद्हरूलाई प्रशिक्षण दिने भएका छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा प्रशिक्षण दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुनेछ ।