होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गर्नुपर्ने माग उठेको छ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारले सुकुमवासी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको भए पनि होल्डिङ सेन्टरमा उनीहरूको अधिकार सुनिश्चित भएको छ वा छैन भन्ने प्रश्न उठाए। “मानव अधिकार संरक्षण भएको छ कि छैन, छैन भने सरकारलाई भन्नुपर्छ, आवश्यक परे अनुगमनमा पनि जानुपर्छ,” उनले भने।

Advertisement

त्यस्तै, नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सुकुमवासी बस्ती हटाउँदा पर्याप्त समय नदिइएको र प्रक्रिया आक्रामक भएको गुनासो आएको बताए। उनका अनुसार व्यवस्थापनको सुनिश्चितता बिना विस्थापन गर्दा प्रभावितहरू सरकारसँग सम्पर्कमा आउन नचाहेको अवस्था देखिएको छ।

नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासीको पहिचान नगरी डोजर चलाउनु उचित नभएको बताइन्। “पहिचान गरेर व्यवस्थापनपछि मात्रै हटाइएको भए समस्या कम हुन्थ्यो,” उनले भनिन्।

यसैगरी, कांग्रेस सांसद गीता गुरुङले पनि पर्याप्त सूचना नदिई बस्ती हटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसदहरूले समग्रमा होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको अवस्था प्रत्यक्ष अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।


प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०