समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
५ महिनाअघि

मोरङ – मोरङको ग्रामथान गाउँपालिका–४ मा समाचार संकलनका क्रममा पत्रकारमाथि धम्की दिइएको घटनाप्रति अनलाइन टिभी पत्रकार संघ नेपाल (ओटिजेए) कोशी प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै लोहन्द्रा खोलामा भइरहेको उत्खननसम्बन्धी समाचार संकलनका क्रममा खटिएका पत्रकारहरूमाथि भौतिक आक्रमणको धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।

Advertisement

विज्ञप्तिअनुसार वैशाख १५ गते समाचार संकलनमा खटिएका पत्रकारहरू— डुमरलाल मेहता, मोहन दकाल, सन्तोष मेहता, नगेन्द्र खड्का, प्रवेश तिम्सिना, ब्रह्मदेव महतो र दीपेन्द्रकुमार साहलाई सोही स्थानमा रिपोर्टिङ गरेर फर्कने क्रममा धम्की दिइएको उल्लेख गरिएको छ।

उक्त घटनामा गाउँपालिका अध्यक्ष नमोनारायण माझीबाट समेत धम्कीपूर्ण अभिव्यक्ति आएको भन्ने विषयप्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संघले पत्रकारमाथि भएको यस्तो व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै निन्दा गरेको छ। साथै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन पत्रकारहरूलाई सुरक्षित रूपमा आफ्नो पेशा निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि संघले आग्रह गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०