अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ ब‌ैशाख, २०८३
२ घण्टाअघि

काठमाडौंनेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।पार्टीले उक्त कदमलाई लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविपरीत भन्दै कार्यपालिकाले व्यवस्थापिकामाथि अतिक्रमण गरेको आरोप लगाएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले सोमबार जारी वक्तव्यमा संसद्मा स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको बताएका छन्।कांग्रेसका अनुसार यस्तो प्रवृत्तिले विधिको शासन कमजोर बनाउने, संसद्प्रतिको अविश्वास देखाउने र ‘चेक एन्ड ब्यालेन्स’ प्रणालीलाई क्षति पुर्‍याउने खतरा बढाएको छ।

विशेषगरी संवैधानिक परिषद् जस्तो संवेदनशील निकायमा प्रस्तावित परिवर्तनले निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुने, विपक्षी सहभागिता घट्ने र संवैधानिक निकायहरूको स्वतन्त्रता तथा विश्वसनीयतामा असर पर्ने पार्टीको भनाइ छ।

सहकारी क्षेत्र सुधारका नाममा ल्याइएको अध्यादेशले स्थानीय तह र सहकारी संस्थाको स्वायत्तता कमजोर बनाउने र संघीयताको मर्मविपरीत जाने कांग्रेसले जनाएको छ।

कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाको सम्मान गर्दै यस्ता कदमहरू पुनर्विचार गर्न आग्रह गरेको छ।

प्रकाशित समय: मङ्गलबार १५ ब‌ैशाख, २०८३, १७:३२:३१

सम्बन्धित खबर

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अध्यादेशमार्फत कानुन बनाएको भन्दै कांग्रेसको कडा आपत्ति, ‘संसद् माथि अतिक्रमण’ आरोप
मङ्गलबार १५ ब‌ैशाख, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०