विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले उनलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् ।
पूर्वमन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।