सांसद विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु, नागरिकलाई विधेयकमाथि प्रत्यक्ष सुझाव दिन आह्वान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् ।

आचार्यको आधिकारिक वेबसाइटमार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ ।

सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ ।

बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता औँल्याउँदै ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको कुरा उनले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘विधेयक प्रयोगशाला’ मार्फत नागरिकहरूले संसदमा प्रस्तुत गरिएका विधेयकको कुन दफाले आफ्नो जीवन, पेशा, व्यवसाय, समुदाय वा क्षेत्रलाई प्रत्यक्ष असर पार्छ, कुन व्यवस्था अस्पष्ट, अपुरो वा व्यवहारमा लागू गर्न कठिन छ, र के कुरा थप्दा, हटाउँदा वा परिमार्जन गर्दा कानुन अझ न्यायपूर्ण, व्यावहारिक र जनमुखी बन्न सक्छ भन्ने विषयमा तथ्यमा आधारित सुझाव दिन सक्नेछन् ।

प्राप्त सुझाव, अनुभव र संशोधन प्रस्तावहरू अध्ययन गरी सम्भव भएसम्म संसदको औपचारिक प्रक्रियासँग जोड्ने प्रयास गरिने जनाइएको छ। कानुन निर्माणलाई नागरिकको साझा प्रक्रिया बनाउने उद्देश्यले सबै नागरिक, विषय विज्ञ, सरोकारवाला संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूलाई विधेयक पढ्न, बुझ्न, छलफल गर्न र सुझाव दिन आह्वान गरिएको छ ।

हाल ‘विधेयक प्रयोगशाला’मा दुई विधेयकमाथि सुझाव दिन सकिने व्यवस्था गरिएको छ । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा पर्यटनसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नागरिकले राय दिन सक्ने व्यवस्था गरिएको छ ।

आगामी दिनमा संसदमा आउने अन्य विधेयकहरूलाई पनि यसै प्रक्रियामार्फत सार्वजनिक छलफल र नागरिक सुझावका लागि खुला गर्दै जाने योजना रहेको बताइएको छ ।

प्रकाशित समय: आईतबार १३ ब‌ैशाख, २०८३, १०:११:२८

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०