इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ ब‌ैशाख, २०८३
५ महिनाअघि

अमेरिकी प्रतिनिधिमण्डल इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार इस्लामाबाद तर्फ प्रस्थान गरेको छ।इरानी सञ्चारमाध्यम इर्ना (आईआरएनए) का अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकी दूतहरूसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने कुनै योजना नरहेको जनाएको छ।

स्टिभ विटकोफ र जारेड कुश्नर इस्लामाबादका लागि प्रस्थान गरेपछि ह्वाइट हाउस ले दिएको जानकारीमा इरानी प्रतिनिधिहरूसँग ‘प्रत्यक्ष कुराकानी’ गर्ने तयारी रहेको उल्लेख गरिएको छ।

Advertisement

इरानका विदेशमन्त्री अब्बास अराघची ले पनि इस्लामाबाद भ्रमण गर्ने पुष्टि भएको छ। इरानी स्रोतका अनुसार उनले पाकिस्तानका सेना प्रमुख असिम मुनिर सँग भेट गरेका छन्। तेहरान स्थित दूतावासले सार्वजनिक गरेको छोटो भिडियोमा उनीहरू सँगै देखिएका छन्।ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविट ले विटकोफ र कुश्नर इरानी प्रतिनिधिमण्डलका सदस्यहरूसँग प्रत्यक्ष वार्तामा संलग्न हुन पाकिस्तान प्रस्थान गरेको जानकारी दिएकी छन्।

उनका अनुसार डोनाल्ड ट्रम्प ले आह्वान गरेको प्रस्तावअनुसार इरानी पक्षले सम्पर्क गरेपछि प्रत्यक्ष कुराकानीका लागि प्रतिनिधिमण्डल पाकिस्तानतर्फ गएको हो। यो वार्ताले सम्झौताको दिशामा प्रक्रिया अगाडि बढाउने आशा गरिएको उनले बताइन्।

दुई हप्ताअघि इस्लामाबादमा भएको पहिलो चरणको वार्ताको नेतृत्व गरेका अमेरिकी उपराष्ट्रपति जेडी भान्स तत्कालका लागि वार्तामा सहभागी नहुने तर आवश्यक परेमा पाकिस्तान जान तयार रहेको बताएका छन्।इरानी पक्षले अमेरिकी प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट गर्ने वा नगर्ने विषय अझै स्पष्ट भइसकेको छैन।

इरानको सरकारी टेलिभिजनका अनुसार अराघचीको अमेरिकीहरूसँग प्रत्यक्ष भेट्ने योजना छैन र इस्लामाबादले इरानी प्रस्तावहरू ‘सम्प्रेषण’ गर्ने पुलको रूपमा काम गर्ने बताइएको छ।

यसैबीच पाकिस्तानको विदेश मन्त्रालय ले विटकोफ र कुश्नरसँगको प्रत्यक्ष वार्ताबारे उल्लेख नगरी अराघची इस्लामाबाद पुगेको र पाकिस्तानी अधिकारीहरूसँग ‘क्षेत्रीय शान्ति र स्थिरता’ सम्बन्धी विषयमा छलफल गर्ने जनाएको छ।

(एएफपी)

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०