विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ ब‌ैशाख, २०८३
६ महिनाअघि

विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकप समापनसम्म आइपुग्दा  विवादै विवादले घेरिएको छ । आयोजक विराट गोल्डकप ट्रस्टको बदमासी, नचाहिँदो ‘चाकडी’ का कारण ऐतिहासिक मानिएको रात्रिकालीन गोल्डकप विवादित बनेको हो ।

गोल्डकपको फाइनलमा पुगेको सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वकेन्द्रीय सदस्य किरण गिरीले सामाजिक सञ्जाल फेसबुकमा आयोजकप्रति चरम असन्तुष्टि पोखेका छन् ।

Advertisement

शनिबार साँझ हुने फाइनल खेल वर्षाका कारण स्थगन गरी आइतबार (आज) का लागि सारेको आयोजकले घरेलु टिमका खेलाडीहरूलाई होटलबाटै खेलाएको भन्दै गिरीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले आयोजकलाई दलालको संज्ञा दिँदै मोरङ फुटबलमा दलाली भइरहेको बताएका छन् । साथै, उनले ‘सबैको हिसाब-किताब हुन्छ’ भन्दै चेतावनीसमेत दिएका छन् ।

गिरीले लेखेका छन्, ‘मोरङ फुटबलका ठालुहरूको हैसियत देखियो ! दलाल ! सबैको हिसाब किताब हुन्छ ।’

फाइनल खेलपश्चात पत्रकार सम्मेलन नै गरेर घटनाक्रम सार्वजनिक गर्ने र सबैको ‘दलाली’ पर्दापास गर्ने चेतावनी पनि उनको छ ।

उनको क्लब सम्राट स्पोर्टिङ पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्दै फाइनल पुगेको छ । उसले शनिबार साँझ नै उपाधिका लागि साविक विजेतासमेत रहेको झापा ११ सँग खेल्नुपर्ने थियो ।

तर, वर्षातका कारण मैदानमा पानी जमेका कारण फाइनल खेल आजका लागि धकेलिएको थियो । जसपछि टिकट किनेर छतबिनाको स्टेडियममा रुझ्दै भए पनि फाइनल हेर्ने मनस्थिति बनाएका दर्शकहरू निराश हुँदै घर फर्किएका थिए ।

कतिले त मैदान बनाउन लिएको बजेटजति ‘झ्वाम’ पारेका कारण मैदान हिलाम्मे हुन पुगेको भन्दै सामाजिक सञ्जालमा विरोधसमेत गरेका थिए । अझ फाइनलमै संघ र प्रदेशको खेलकुद क्षेत्रका विभागीग मन्त्रीलाई नबोलाएर खेल क्षेत्रसँग सम्बन्ध भएका वर्तमान सभामुख डिपी अर्याललाई प्रमुख अतिथि बनाउँदै भाषण गर्न लगाएको भन्दै धेरैले विरोध गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०