काठमाडौं – रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम दिउँसो ३ बजे उक्त सम्बोधन हुन लागेको हो।
सम्बोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।