विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीविरूद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विभिन्न सप्लार्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस र रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले उनलाई १ लाख २० हजार ८५० रूपैयाँ सहित नियन्त्रणमा लिइएको थियो ।