विराटनगर । मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् ।
गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलियालाई प्रहरीले पक्राउ गरेको हाे ।
सर्लाहीको मालपोत कार्यालयबाट ७, ट्रायल सेन्टरबाट २, वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना पक्राउ परेका छन् ।
यस्तै रौतहटको मालपोत कार्यालय, अदालत र बस पार्कबाट ६ जना, सप्तरीबाट ११ जना र सिरहाबाट १ जना पक्राउ परेका छन् ।