कर्णालीका युवाको माग: प्रदेश र स्थानीय चुनावमा ई–भोटिङ लागू गरियोस्

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
२ महिनाअघि

काठमाडौं — कर्णाली प्रदेशका युवाहरूले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा ई–भोटिङ प्रणाली लागू गर्न निर्वाचन आयोग नेपाल को ध्यानाकर्षण गराएका छन्।यसका लागि उनीहरूले आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा नेपालभित्रै रहेका लाखौँ नागरिकहरू विभिन्न कारणले मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको उल्लेख गरिएको छ। युवा समूहका संयोजक आशिष देवकोटा का अनुसार समस्या केवल विदेशमा रहेका नेपालीसँग मात्र सीमित नभई देशभित्रकै नागरिकहरूमा पनि गम्भीर रूपमा देखिएको छ।

उनका अनुसार मुगु, डोल्पा, जुम्ला, बाजुराहुम्ला जस्ता दुर्गम जिल्लाका नागरिकहरूलाई मतदान गर्न काठमाडौं वा तराईसम्म आउन–जान मात्रै प्रति व्यक्ति २५–३० हजार रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको छ।

यसका कारण धेरै नागरिक व्यावहारिक रूपमा मतदान प्रक्रियाबाट बाहिरिने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ। युवाहरूले प्रविधिको प्रयोगमार्फत सहज, पहुँचयुक्त र समावेशी मतदान प्रणाली विकास गर्न आयोगसँग आग्रह गरेका छन्।

प्रकाशित समय: सोमबार २३ चैत, २०८२, १७:१५:५९

सम्बन्धित खबर

अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०