२४ भदौमा तोडफोड,आगजनी जस्ता घटनामा संलग्न ९४९ पक्राउ, ७८७ मुद्दा दर्ता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
७ महिनाअघि

काठमाडौं – भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको दमनपछि १९ युवाको मृत्यु भएको घटनापछि २४ भदौमा देशभर आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरीले व्यापक कारबाही गरेको जनाएको छ।

नेपाल प्रहरीका अनुसार आन्दोलनको आवरणमा भएका विभिन्न अपराधमा १२ चैतसम्म ९४९ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार ती घटनासम्बन्धी ७८७ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ६५८ मुद्दा फर्स्योट भइसकेका छन् भने १२९ अझै अनुसन्धानकै क्रममा छन्।

Advertisement

पक्राउ परेकामध्ये २०७ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने ४७० जना धरौटीमा, २४३ जना हाजिरी–जमानीमा र २१ जना साधारण तारेखमा छुटेका छन्। हाल आठ जना हिरासतमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वोच्च अदालतमा आगजनीदेखि नेताहरूका घरमा लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, प्रहरीमाथि आक्रमण गर्ने तथा हतियार लुट्ने घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको जनाएको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, नैतिकताविरुद्धका कसुरलगायत मुद्दा दायर गरिएको छ।

यता, सरकारले २४ भदौका घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताभित्र समिति गठन गरी घटनाको सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गर्न निर्देशन दिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा

शुक्रबार ३० असोज, २०८३
२ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०