अमेरिका–इजरायल संयुक्त कारबाहीमा खामेनी मारिएको ट्रम्पको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
८ महिनाअघि
مجموعه سیمای رهبری معظم انقلاب اسلامی

काठमाडौं— अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनले आफ्नो प्लेटफर्म  ट्रूथ सोसियलमा लेख्दै अमेरिका र इजरायलले तेहरानमा गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका छन्। उनले यस घटनालाई इरानका जनता, अमेरिकनहरू तथा विश्वका धेरै देशका मानिसहरूका लागि ‘न्याय’ भएको टिप्पणीसमेत गरेका छन्।

Advertisement

यसअघि रेउटेर र इजरायली सञ्चारमाध्यमहरूले ८६ वर्षीय इरानका सर्वोच्च नेता खामेनी मारिएको दाबी गरेका थिए। फक्स न्यूजले पनि इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनी मारिएको समाचार प्रसारण गरेको थियो।

संयुक्त आक्रमणपछि सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनी निवास परिसर पूर्णरूपमा क्षतिग्रस्त देखिएको जनाइएको छ।

यसअघि ट्रम्पले ट्रुथ सोसलमै ‘इरानका नेतृत्व तहका धेरै व्यक्ति हटिसके’ भन्ने अभिव्यक्ति दिएका थिए। एबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्‍याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए।

‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पको भनाइ उद्धृत गरिएको छ। उनले अमेरिकासँग इरानको आगामी नेतृत्वको सूचीबारे पनि ‘धेरै राम्रो जानकारी’ रहेको दाबी गरेका छन्।

यसैगरी बेन्जामिन नेतन्याहुले पनि अमेरिकी–इजरायली आक्रमणपछि खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गएको’ बताएका थिए।

तेहरानस्थित खामेनी निवास परिसरमा क्षति पुगेको देखाउने स्याटेलाइट तस्बिरहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
९ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
३ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०