अमेरिका–इजरायल संयुक्त कारबाहीमा खामेनी मारिएको ट्रम्पको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
७ महिनाअघि
مجموعه سیمای رهبری معظم انقلاب اسلامی

काठमाडौं— अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनले आफ्नो प्लेटफर्म  ट्रूथ सोसियलमा लेख्दै अमेरिका र इजरायलले तेहरानमा गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका छन्। उनले यस घटनालाई इरानका जनता, अमेरिकनहरू तथा विश्वका धेरै देशका मानिसहरूका लागि ‘न्याय’ भएको टिप्पणीसमेत गरेका छन्।

Advertisement

यसअघि रेउटेर र इजरायली सञ्चारमाध्यमहरूले ८६ वर्षीय इरानका सर्वोच्च नेता खामेनी मारिएको दाबी गरेका थिए। फक्स न्यूजले पनि इजरायलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनी मारिएको समाचार प्रसारण गरेको थियो।

संयुक्त आक्रमणपछि सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनी निवास परिसर पूर्णरूपमा क्षतिग्रस्त देखिएको जनाइएको छ।

यसअघि ट्रम्पले ट्रुथ सोसलमै ‘इरानका नेतृत्व तहका धेरै व्यक्ति हटिसके’ भन्ने अभिव्यक्ति दिएका थिए। एबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा उनले अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्‍याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए।

‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पको भनाइ उद्धृत गरिएको छ। उनले अमेरिकासँग इरानको आगामी नेतृत्वको सूचीबारे पनि ‘धेरै राम्रो जानकारी’ रहेको दाबी गरेका छन्।

यसैगरी बेन्जामिन नेतन्याहुले पनि अमेरिकी–इजरायली आक्रमणपछि खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गएको’ बताएका थिए।

तेहरानस्थित खामेनी निवास परिसरमा क्षति पुगेको देखाउने स्याटेलाइट तस्बिरहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
४ हप्ताअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ महिनाअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
३ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
३ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
४ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
४ महिनाअघि
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०