गाजामा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु, २० घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
९ महिनाअघि

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शरणार्थी शिविरमा आश्रय लिइरहेका नागरिकलाई लक्षित गरी आक्रमण गरिएको हो।

हमास प्राधिकरणअन्तर्गतको स्वास्थ्य मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उद्धृत गर्दै एएफपीले आक्रमणमा थप २० जना घाइते भएको जनाएको छ। उनका अनुसार इजरायलले अपार्टमेन्ट र शरणार्थी शिविरमा रहेका सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको हो।

Advertisement

घाइतेहरूलाई उपचारका लागि उत्तरतर्फ गाजा सहर र दक्षिणतर्फ खान युनिसका अस्पतालहरूमा लगिएको अल–बर्शले बताएका छन्।

उनका अनुसार चिकित्सा आपूर्ति, औषधि र स्वास्थ्य उपकरणको गम्भीर अभावका बीच पनि इजरायलले युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको आरोप लगाइएको छ।

अक्टोबरदेखि अमेरिकाको पहलमा सुरु भएको युद्धविराम जनवरीमा दोस्रो चरणमा प्रवेश गरेको थियो। यस चरणमा हमासको निशस्त्रीकरण, इजरायली सेनाको क्रमिक फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाती समावेश छ।

तर, इजरायल र हमासले एक–अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयका अनुसार शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० मा युद्धविराम लागू भएयता हालसम्म ५०९ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

आईतबार २३ कार्तिक, २०८३
३ दिनअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०