चालु आवको छ महिनामा वीरगञ्ज नाकाबाट ११ अर्ब ५७ करोडको खाद्य पदार्थ आयात

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
८ महिनाअघि

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै १६ थरिका खाद्य पदार्थ रु ११ अर्ब ५७ करोड मूल्यमा आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो छ महिनामा खाद्य पदार्थको आयातमा रु २१ करोडको गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार अघिल्लो आवको तुलनामा यस वर्ष खाद्य पदार्थको आयातमा सामान्य कमी देखिएको हो।

Advertisement

गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै १६ थरिका खाद्य पदार्थ रु ११ अर्ब ७८ करोड मूल्यमा आयात भएको थियो।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ५ अर्ब ६८ करोड मूल्य बराबरको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। जबकि, गत आर्थिक वर्षको सोही अवधिमा रु ६ अर्ब ९ करोड मूल्यको धान आयात भएको थियो।

यस्तै, चालु आवको पहिलो छ महिनामा रु ३ अर्ब ४१ करोड मूल्यको मकै आयात भएको छ। त्यस्तै रु १ अर्ब ६१ करोड मूल्यको चामल र रु ३३ करोड मूल्यको माल्ट आयात गरिएको छ।

यस अवधिमा रु २३ करोड ७३ लाख मूल्य बराबरको फापर, कोदो तथा अन्य खाद्यान्न पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०