भारत–युरोप ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
७ महिनाअघि

 भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता सम्पन्न भएको छ। १६औँ भारत–ईयू शिखर सम्मेलनका क्रममा सम्पन्न यो सम्झौताले भारतमाथि रहेको अमेरिकी दबाब केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

यो सम्झौताले विश्वका चौथो र दोस्रो ठूलो अर्थतन्त्रलाई आपसमा जोडेको छ, जसले संयुक्त रूपमा विश्वको करिब २५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिनिधित्व गर्छन्।

सम्झौताअन्तर्गत वस्तु तथा सेवा व्यापार, व्यापार उपचार, उत्पत्तिको नियम, भन्सार तथा व्यापार सहजीकरणजस्ता परम्परागत क्षेत्रसँगै साना तथा मझौला उद्यम (एसएमई), डिजिटल व्यापारलगायत उदीयमान क्षेत्रहरू पनि समेटिएका छन्।

एफटीए कार्यान्वयनसँगै भारतका ९९ प्रतिशतभन्दा बढी निर्यातले युरोपियन युनियनमा प्राथमिकतासहित प्रवेश पाउने छन्। यसले निर्यात वृद्धिका लागि ठूलो सम्भावना खोल्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

यस सम्झौताबाट साना तथा मझौला उद्योगलाई नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै महिला, दक्ष श्रमिक, युवा तथा पेशेवरहरूका लागि रोजगारीका अवसर विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

भारतबाट करिब ६.४१ लाख करोड भारतीय रुपैयाँ (करिब ७५ अर्ब अमेरिकी डलर) बराबरको निर्यातमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।

विशेषगरी लुगा, छाला, समुद्री उत्पादन, रत्न तथा गहनाजस्ता श्रमप्रधान क्षेत्रका करिब ३३ अर्ब अमेरिकी डलर बराबरका निर्यातले प्राथमिक पहुँचका कारण ठूलो लाभ पाउने बताइएको छ।

सम्झौतामा ‘मेक इन इन्डिया’ पहललाई प्रवर्द्धन गर्ने उद्देश्यले अटोमोबाइल क्षेत्रको सन्तुलित उदारीकरण तथा पारस्परिक बजार पहुँचको व्यवस्था गरिएको छ। यसका साथै भारतीय कृषि तथा प्रशोधित खाद्य उत्पादनका लागि पनि अनुकूल बजार पहुँच खुल्ने दाबी गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार यो सम्झौताले भारत–ईयू आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने र दुवै पक्षका लागि दीर्घकालीन लाभ सिर्जना गर्नेछ।

प्रकाशित समय: बुधबार १५ माघ, २०८२, १९:१५:०३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०