प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिट छिटो सुनुवाइ गर्न कांग्रेसका निवर्तमान सांसद सर्वोच्च जाने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
६ महिनाअघि

काठमाडौं । सर्वोच्च अदालतमा दायर भएको प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन्। यसका लागि उनीहरू बिहीबार डेलिगेसनसहित सर्वोच्च अदालत जाने भएका हुन्।

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेको नेतृत्वमा पूर्वसांसदहरूको टोली रिट छिटो अगाडि बढाउन आग्रह गर्न प्रधानन्यायाधीश राउतसँग भेट्न लागेको हो। यसका लागि बिहीबार बिहान ११ बजे समय लिइसकेको घिमिरेले जानकारी दिए।

‘१७ भन्दा बढी रिट संसद् पुनःस्थापनाको माग गर्दै दायर भइसकेका छन्। तर सर्वोच्च अदालतले अहिलेसम्म ती रिटहरूको पेसी तोकेको छैन,’ घिमिरेले लोकान्तरसँग भने, ‘रिट दायर भएपछि त्यसलाई टुंग्याउनुपर्छ। पेसी तोकिदिन र सुनुवाइ गरिदिन आग्रह गर्न जान लागेका हौं।’

एमाले पनि यसमा सहभागी हुने हो कि भन्ने लोकान्तरको प्रश्नमा उनले त्यसबारे टुंगो नलागेको बताए।

‘मैले महेश बस्नेतलाई (विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक) कुरा गरेको थिएँ। उहाँ अहिले निर्वाचन लड्ने क्षेत्रमा हुनुहुन्छ,’ उनले भने, ‘एमालेबाट औपचारिक टुंगो आएको छैन।’

कांग्रेसका ६५ जना निवर्तमान सांसदले संसद् पुनःस्थापनाका लागि रिट दायर गरेका छन्। तीमध्ये काठमाडौंमा उपलब्ध सबै सांसदहरू बिहीबार सर्वोच्च अदालत जाने घिमिरेले बताए।

प्रकाशित समय: बुधबार १५ माघ, २०८२, १८:०९:३०

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
५ घण्टाअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
६ घण्टाअघि

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान

बिहिबार १४ साउन, २०८३
६ घण्टाअघि

मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक

बिहिबार १४ साउन, २०८३
१० घण्टाअघि

देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान

बिहिबार १४ साउन, २०८३
१० घण्टाअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
१० घण्टाअघि
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०