३० अर्बको एसियन हाइवे परियोजना दुई वर्षमा ३५ प्रतिशत प्रगतिमा सीमित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
८ महिनाअघि

मोरङ – एसियाली राष्ट्रहरूलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यसहित अघि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको सडक स्तरोन्नति काम दुई वर्ष बितिसक्दा करिब ३५ प्रतिशत मात्रै सम्पन्न भएको छ।

आयोजनाअन्तर्गत झापाको पाडाजुगीदेखि पश्चिम खण्डमा आइतबारबाट पहिलो चरणको एकलेन कालोपत्र सुरु गरिएको छ। पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार निर्माण सम्झौता भएको दुई वर्षमा कुल ३५ प्रतिशत प्रगति भएको हो।

एसियन राजमार्ग नम्बर–२ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्म १२० किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहे पनि हाल ९५ दशमलव ७६ किलोमिटर सडकमा मात्रै ठेक्का लागेर काम भइरहेको छ। आयोजना पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर निर्माण भइरहेको छ।

हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर सडकमा एकतर्फी पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत काम पूरा भएको छ।

निर्माण सामग्री सहज रूपमा उपलब्ध भएमा आगामी दिनमा कामले तीव्रता पाउने पन्तले बताए। उनका अनुसार पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ भने पश्चिम खण्डमा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। बजार क्षेत्रका खम्बा सार्न अझै बाँकी रहेको आयोजनाले जनाएको छ।

ठूला पुल निर्माणतर्फ पूर्वी खण्डमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सुरु भएको यस आयोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश, भारत हुँदै नेपालको काँकरभिट्टाबाट प्रवेश गरी पूर्व–पश्चिम राजमार्गमार्फत भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्रमा ५० मिटर, ग्रामीण क्षेत्रमा ३३ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइको हुनेछ।

प्रकाशित समय: मङ्गलबार १४ माघ, २०८२, ०७:०१:०९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०