कोशीबाट राष्ट्रियसभामा थापा, पोर्तेल र मेचे विजयी

माधव काफ्ले
आईतबार १२ माघ, २०८२
८ महिनाअघि

विराटनगर । देशको माथिल्लो सदन मानिने राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन् ।

थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा गत पुस २३ गते बुधबार भएको मनोनयनका क्रममा नै निर्विरोध निर्वाचित भएका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी नदिएपछि सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएकी मेचे कांग्रेस एमाले गठबन्धनबाट निर्वाचित भएकी हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । राष्ट्रियसभा सदस्यका लागि मेचेलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।

यसैगरी, नेकपा एमालेका सोम पोर्तेल राष्ट्रियसभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनबाट निर्वाचित हुँदै देशको माथिल्लो सदनमा प्रवेश पाएका छन् । पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरे । पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे । प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो ।

झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा पुगेका हुन् ।

राप्रपाद्वारा बहिस्कार

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले राष्ट्रियसभा निर्वाचन बहिष्कार गरेका थिए । कोशी प्रदेशसभामा राप्रपाका ५ जना सांसदहरूले मतदान गरेनन् । मतदान नगर्नेहरूमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभा सदस्यहरू गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका छन् । कोशी प्रदेशसभामा राप्रपाका कुल ६ जना सांसद निर्वाचित भएका थिए । तर, झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि तत्कालीन प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले पदबाट राजीनामा दिएका कारण हाल राप्रपाका ५ जना मात्र सांसद बहाल रहेका छन् ।

प्रदेशसभा सदस्यका साथै राप्रपाबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पनि मतदान बहिष्कार गरेका छन् । बहिष्कार गर्नेहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन छन् । दमक नगरपालिकाका मेयर एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पार्टीको केन्द्रको निर्णय र नीति बमोजिम नै आफूहरूले मतदान नगरेको स्पष्ट पारेका छन् ।

राप्रपाले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने निर्णय गरेको थियो । कोशी प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो ।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, १७:४०:४७
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०